हुन्डाईको क्रेटा गाडी पनि नेपालको एसेम्ब्लिङ प्लान्टमा तयार, रोड टेस्टिङ चल्दै



बिजमाण्डू
२०८१ कात्तिक ७ गते ११:१५ | Oct 23, 2024
हुन्डाईको क्रेटा गाडी पनि नेपालको एसेम्ब्लिङ प्लान्टमा तयार, रोड टेस्टिङ चल्दै

काठमाडौं। हुन्डाईको क्रेटा गाडी पनि नेपालको एसेम्ब्लिङ प्लान्टमा तयार भएको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नवलपरासीमा रहेको एसेम्ब्लिङ प्लान्टमा सुरुमा भेन्यु गाडीको उत्पादन थालेकामाअहिले क्रेटा गाडी तयार पारेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका महाप्रबन्धक दीपक थपलियाले पहिलो चरणमा परीक्षणका लागि ५ युनिट क्रेटा गाडी उत्पादन गरिएको जानकारी दिए।

क्रेटा फेसलिफ्टको ई, एसओ, एसएक्स र एसओ सीभीटी गरी सबै भेरियन्ट एक/एक युनिट एसेम्बल गरिएको छ। ती गाडी अहिले रोड टेस्टका क्रममा छन्।

कम्पनीले नेपालमा उत्पादन भएको भेन्युको मूल्य साढे ४ लाखसम्म घटाएको थियो। कम्पनीले गत वैशाखदेखि नेपालमा नै हुन्डाईका गाडी उत्पादन गर्न थालेको हो।