काठमाडौं। प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट खटिएको प्रहरीको टोलीले एक हजार दरका ४७ थान नक्कली नोटसहित २० वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरेको हो।
पक्राउ परेका युवक भारतको बिहारका हुन्। वीरगंजबाट हेटौंडा हिंडेको बा प्र ०३-००१ ख २१४७ नम्बरको मिनीबस जाँच गर्ने क्रममा बसमा सवार महतोको साथमा नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ।
महतोलाई बिहीबार बेलुकी पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।










