दुग्ध विकास संस्थानले किसानलाई दियो ६० करोड, अझै ३२ करोड रुपैयाँ बाँकी



बिजमाण्डू
२०८१ असोज २१ गते १२:४५ | Oct 7, 2024
दुग्ध विकास संस्थानले किसानलाई दियो ६० करोड, अझै ३२ करोड रुपैयाँ बाँकी

काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुलाई ६० करोड रुपैयाँ बक्यौता भुक्तानी गरेको छ। संस्थानले सरकारसँग ऋण लिएर किसानलाई बक्यौता भुक्तानी गरेको हो।

Tata
GBIME
Nepal Life

संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले संस्थानले आयोजनामार्फत सहकारी हुँदै किसानलाई दूधको बक्यौता रकम उपलब्ध गराएको बताए। अहिले भुक्तानी गरिएको रकम वैशाखसम्मको हो। अझै ३२ करोड रुपैयाँ बक्यौता छ।

संस्थानले किसानसँग उधारोमा किने पनि नगदमा बिक्री गर्ने गरेको छ। तैपनि उसले किसानको बक्यौता तिर्नुलाई सरकारसँग ऋण लिएको हो।