जहाज मर्मतमा लापरबाही गर्ने निगमका तीन इन्जिनियरलाई क्यानले गर्‍यो ग्राउण्डेड



बिजमाण्डू
२०८१ भदौ १२ गते २२:३६ | Aug 28, 2024
जहाज मर्मतमा लापरबाही गर्ने निगमका तीन इन्जिनियरलाई क्यानले गर्‍यो ग्राउण्डेड

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले जहाज मर्मत सम्भारमा चरम लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमका तीन इन्जिनियरलाई ग्राउन्डेड गरेको छ।

Tata
GBIME
Nepal Life

एन-एकेडब्लु कलसाइनको जहाजको हाइड्रोलिक सिस्टमको मर्मतमा लापरबाही गरेको जनाउँदै प्राधिकरणले इन्जिनियरलाई ग्राउन्डेड गरेको हो। जोखिम भार मोलेर मर्मत गरेका कारण सहभागी इन्जिनियर ग्राउन्डेड गराइएको निगमका एक कर्मचारीले बताए।

जहाजको हाइड्रोलिक सिस्टमको एउटा उपकरण निकालेर नयाँ हाल्नुपर्ने थियो। तर खोल्नुपर्ने एउटाको ठाउँमा अर्को खोलिएको थियो,’ निगमका ती कर्मचारीले भने, ‘एकपटक खोलेको आइसिबी पुनः राख्न मिल्दैन। तर सुपरग्लुको साहयताले उही आइसिबी राखिएको छ।’

कार्यकारी अध्यक्ष युवराज अधिकारीको दबाबमा बसको आइसिबी लगेर जडान गरेको उनले जानकारी दिए। ‘जोखिम भार धेरै छ। छानबिन भएपछि सबै कुरा बाहिरिनेछ’, उनले भने।