लिबियाको केन्द्रीय बैंकले निर्देशकको अपहरणपछि रोक्यो सबै काम, मुक्त नभएसम्म सेवा नदिने



बिजमाण्डू
२०८१ भदौ ३ गते १२:३२ | Aug 19, 2024
लिबियाको केन्द्रीय बैंकले निर्देशकको अपहरणपछि रोक्यो सबै काम, मुक्त नभएसम्म सेवा नदिने
Photo : Reuters

लिबियाको केन्द्रीय बैंकले सबै सेवाहरु स्थगित गरेको जनाएको छ। बैंकमा कार्यरत वरिष्ठ कर्मचारीको अपहरण भएपछि सबै सेवा बन्द गरिएको हो।

Tata
GBIME
Nepal Life

राजधानी त्रिपोलीबाट बैंकको सूचना प्रविधि निर्देशक मुसक मसल्लेमको अपहरण भएको हो। आइतबार बिहान घरबाट मसुकको अपहरण भएको बैंकले जनाएको छ। बैंकले अन्य कर्मचारीलाई पनि अपहरणको धम्की आएको जनाएको छ।

बैंकले मसुक अपहरण मुक्त नभएसम्म बैंकको कुनै पनि सेवा सुरु नहुने जनाएको छ।

तेल बेचेर आउने रकम ‘डिपोजिट’ लिबियाको यही केन्द्रीय बैंकमा मात्रै हुने गर्छ।  

गत साता सो बैंकमा हतियारधारी समूह प्रवेश गरेको थियो। उनीहरुले बैंकका गभर्नर सेदिक अल कबिरलाई राजीनामाका लागि दबाब दिएका थिए।