रनवेबाट चिप्लिएको बुद्ध एयरको एटीआर महिना दिनदेखि भैरहवामै, ल्याण्डिङ गियर फेरेर उडाइने



बिजमाण्डू
२०८१ साउन ३१ गते १४:४० | Aug 15, 2024
रनवेबाट चिप्लिएको बुद्ध एयरको एटीआर महिना दिनदेखि भैरहवामै, ल्याण्डिङ गियर फेरेर उडाइने

काठमाडौं। धावनमार्गमा चिप्लिएपछि प्राविधिक समस्या आएको बुद्ध एयरको ९ एन-एजेएस कलसाइनको जहाज ल्याण्डिङ गियर फेरेपछि मात्र उडान गरिने भएको छ।

Tata
GBIME
Nepal Life

अवतरण गर्ने क्रममा घाँसे मैदानमा पुगेको जहाजमा ल्याण्डिङ गियर फेर्नुपर्ने देखिएको छ। कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले ल्याण्डिङ गियर मगाइसकेको जानकारी दिए।

‘हामीले ल्याण्डिङ गियरको ढिक्कै फेर्ने तयारी गरेका छौं। सामान मगाइसकेका छौं। फेरेपछि अहिलेको ढिक्का परीक्षणका लागि पठाइनेछ,’ निर्देशक जोशीले भने, ‘अवस्था हेरेर पुनः प्रयोग गर्ने/नगर्ने टुंगो लाग्नेछ।’

विमान एक महिना अगाडि असार २७ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको थियो। जहाजलाई भोलिपल्ट धावनमार्गबाट निकालेर पार्किङस्थलमा लगिएको थियो।

जहाज मर्मतका लागि कम्पनीका आधा दर्जन प्राविधिक भैरहवामै छन्। तीनैवटा ल्याण्डिङ गियरको सिस्टम फेरेपछि जहाज पुनः उडान गर्ने जोशीले जानकारी दिए।