कालिन्चोक दर्शनले कमायो २ करोड ६६ लाख खुद नाफा, प्रति सेयर आम्दानी ४.५३ रुपैयाँ



बिजमाण्डू
२०८१ साउन ३१ गते ११:१५ | Aug 15, 2024
कालिन्चोक दर्शनले कमायो २ करोड ६६ लाख खुद नाफा, प्रति सेयर आम्दानी ४.५३ रुपैयाँ

काठमाडौं। कालिन्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले पोहोर अघिल्लो वर्षभन्दा ७.७५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष कालिन्चोक दर्शनले २ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको सञ्चालन आम्दानीमा पनि सुधार देखिएको छ। अघिल्लो वर्षभन्दा पोहोर आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढ्दा आम्दानी बढेको कम्पनीले जनाएको छ।

सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेर ८ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ६६ लाख रुपैयाँ थियो।

कम्पनीको प्रति सेयर आम्दानी ४.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ। हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ४३ लाख रुपैयाँ छ।