च्याम्पियन्स लिग फुटबल- हार्नेले पनि अर्बौँ कमाउने प्रतियोगिता, कुन क्लवले कति पाए?



बिजमाण्डू
२०७४ कात्तिक ७ गते १८:०६ | Oct 24, 2017
च्याम्पियन्स लिग फुटबल- हार्नेले पनि अर्बौँ कमाउने प्रतियोगिता, कुन क्लवले कति पाए?
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सन् २०१६/१७ को च्याम्पियन्स लिग र युरोपा लिगमा प्रदान गरिने नगद पुरस्कार राशी सार्वजनिक गरेको छ। युइएफएले च्याम्पियन्स लिगमा सहभागी ३२ सहित ४२ क्लबलाई कूल १.६५ अर्ब अमेरिकी डलर (करिब पौने दुई खर्ब) रुपैयाँ बाँड्ने जनाएको हो। 

Tata
GBIME
Nepal Life


 

युरोपियन क्लब फुटबलको सर्वाधिक उच्च प्रतियोगितमा फ्लेअफमै पराजित १० टिमले पनि नगद पुरस्कार पाउने छन्। युइएफएले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार बिजेता रियल मड्रिट भन्दा धेरै उपबिजेता युभेन्टस एवं अघिल्लो बर्षको इङ्लिस प्रिमियर लिज जितेर युरो क्लब खेलेको लेस्टर सिटीले धेरै रकम पाउनेछन्।
 
इटालियन क्लब युभेन्ट्सले सबैभन्दा बढी १३ करोड ३ लाख अमेरिकी डलर (करिब साढे १३ अर्ब रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ भने लेस्टरले ९ करोड ६३ लाख (करिब १० अर्ब रुपैयाँ) तथा रियल मड्रिडले ९ करोड ५६ लाख अमेरिकी डलर हात पार्नेछन्।
 
युरोपा लिगमा भने च्याम्पियन म्यानचेष्टर युनाइटेड सर्वाधिक कमाउनेमा अगाडी छ। युनाइटेडले ५ करोड २५ लाख (सवा पाँच अर्ब रुपैयाँ बढी) अमेरिकी डलर हात पार्नेछ भने साल्केले २ करोड ९ लाख डरल पाउनेछ। 
 
के को आधारमा छुट्याइन्छ पुरस्कार रकम? 
च्याम्पियन्स लिग अथवा युरोपा लिगको समूह चरणमा छनौट हुने वित्तिकै प्रत्येक क्बल निश्चित रकमको भागिदार बन्न पुग्छन्। यस्तै समूह चरणको खेल जित्दै गएर नकआउट चरणमा पनि जित निकाले बोनसको रुपमा रकम थपिदैँ जान्छ। 
 
यस्तो छ रकम बाँड्ने प्रकिया 
समूह चरणमा सहभागी प्रत्येक क्बलले एक करोड ५० लाख अमेरिकी डलर पाउँछन्। प्रत्येक जितेको खेलमा करिब १८ लाख अमेरिकी डलर बोनस थपिन्छ। नकआउट चरणमा पुगेपछि जितको बोनस रकम पनि थपिन्छ। जसअनुसार अन्तिम १६ मा पुग्ने टिमले ७१ लाख, क्वाटरफाइनल पुग्नेले ७७ लाख, सेमिफाइनल पुग्नेले ८८ लाख ५० हजार, दोस्रो हुनेले एक करोड ३० लाख र बिजेताले एक करोड ८५ लाख अमेरिकी डलर थप रकम पाउँछन्।
 
सहभागिता र जित बापतको रकम बाहेक क्लवहरुले सम्बन्धित देशको टिभी मार्केट (मार्केट)को आधारमा पनि पुरस्कार रकम पाउँछन्। मार्केट पुल बेलायत, स्पेन, फ्रान्स, इटली र जर्मनीको धेरै छ।