सेयर बजारमा लगातार उत्साह, नेप्से २९.२१ अंकले बढ्दा कारोबार रकम ७ अर्ब पनि नाघ्यो



बिजमाण्डू
२०८१ असार २७ गते १५:३१ | Jul 11, 2024
सेयर बजारमा लगातार उत्साह, नेप्से २९.२१ अंकले बढ्दा कारोबार रकम ७ अर्ब पनि नाघ्यो

काठमाडौं। सेयर बजारमा लगातार उत्साह देखिएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ को विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका लघुवित्त र व्यापार बाहेकका ११ उपसमूहले बजार बढाएका हुन। जीवन बीमा उपसमूहको सूचक सर्वाधिक ३.०६ अंकले बढेको छ भने वाणिज्य बैंकको सूचक २.४२ अंकले बढेको छ।

कारोबारमा आएका ३३१ मध्ये १५४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्।

बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। सिटिजन सुपर म्युचुअल फन्ड ९.९७ र एनआइबीएल स्टेबल फन्डको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ।

७ अर्ब ८ करोड ६ लाख रुपैयाँको कारोबार हुँदा सर्वाधिक सीइडीबी हाइड्रोपावर कम्पनीको १५ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ।

७८ कम्पनीको सेयरमूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। सेयरमूल्य घटेर नोक्सानमा पर्नेमा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ४.५९ प्रतिशतले गुमाएका छन्।

गत मंगलबार १५.७९ अंकले बढेको नेप्से परिसूचक बुधबार २३.२५ अंकले उकालो लागेको थियो।