१५ मिटरको गेउरिया पुल १० वर्ष बित्दा पनि बनेन, ३ वर्षमा सकाउने थियो भाका



बिजमाण्डू
२०८१ असार १६ गते ०७:३५ | Jun 30, 2024
१५ मिटरको गेउरिया पुल १० वर्ष बित्दा पनि बनेन, ३ वर्षमा सकाउने थियो भाका

काठमाडौं । मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन।

Tata
GBIME
Nepal Life

कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो। निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण सुस्त गतिमा भइरहेको छ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो। १५ मिटर लम्बाइ उक्त पुल एक करोड १८ लाखमा ठेक्का लागेको थियो। तर अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ।

स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट ९ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए।

‘हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौं। तर, सुनुवाइ भएन। १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छऽ’, उनले भने।

अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ।