दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालत परिसरबाटै पक्राउ



बिजमाण्डू
२०८१ असार १२ गते १५:२४ | Jun 26, 2024
दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालत परिसरबाटै पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाटै पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न न्यायाधीशले अनुमति दिएपछि सीबीआईले पक्राउ गरेको हो।

अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ। अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई पक्राउपछि न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको छ।

सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनिता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित भएका थिए।

सीबीआईका विशेष सरकारी अभियोजक डीपी सिंहले केजरीवालका वकिलको निवेदनविरूद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राखेका छन्। यसअघि मंगलबार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए।

उनलाई प्रवर्तन निर्देशनालयले गत मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोग पक्राउ गरेको थियो र यस मुद्दामा उनी न्यायिक हिरासतमा छन्।

आम आदमी पार्टीका एक वकिलले पनि एक्समा पोस्ट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले केजरीवाल अनुसन्धानमा सामेल भएको लगभग एक वर्षपछि सोही मामिलामा सीबीआईलाई पक्राउ गर्न भनेको छ।’

दिल्ली उच्च अदालतले मंगलबार मुख्यमन्त्री केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ र उसले भनेको छ, ‘अदालतले कम से कम ‘मनी लाउन्ड्रिङ अधिनियम (पीएमएलए)’ को धारा ४५ को दुवै सर्त पूरा गर्नको लागि आफ्नो सन्तुष्टि दर्ज गर्नुपर्छ।’