प्रल्हादबहादुर केसी अमेरिकाको म्यासाचुसेट्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत नियुक्त



बिजमाण्डू
२०८१ असार १ गते १२:२७ | Jun 15, 2024
प्रल्हादबहादुर केसी अमेरिकाको म्यासाचुसेट्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत नियुक्त

काठमाडौं। सरकारले प्रल्हादबहादुर केसीलाई अमेरिकाको म्यासाचुसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ। मन्त्रिपरिषद्ले उनलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

कन्सुलर अधिकार क्षेत्रका लागि नेपालका अवैतनिक वाणिज्यदूतका रूपमा नियुक्त गरिएको घोषणा गर्न पाउँदा खुसी लागेको सरकारले दिएको नियुक्ति पत्रमा उल्लेख छ। यसले राज्य सरकार र समुदायबाट सहयोग, समझदारी र समर्थन बढाउन सहयोग पुग्ने विश्वास लिइएको पत्रमा जनाइएको छ।

केसीको अनुभव र क्षमता नेपाल र अमेरिकावीचको विकसित सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै पारस्पारिक समृद्धि तथा त्यहाँ रहेका नेपाली समुदायको हितमा उपयोग हुनेमा आशावादी रहेको पत्रमा उल्लेख छ । केसी म्यासाचुसेट्सको बोस्टनमा करिब चार दशकदेखि बस्दै आएका छन्।