काठमाडौं। प्रभु बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ।
डिजिटल इन्गेजमेन्ट इनोभेसन विधाको को गोल्ड अवार्ड बैंकले पाएको हो। डिजिटल संलग्नतालाई उच्चतम बनाएकोमा बैंकलाई उक्त अवार्ड दिइएको हो।
डिजिटल इकोसिस्टममा सुधार गर्दै ग्राहकको सुविधा र सुरक्षासहितको सेवाका लागि बैंकलाई उक्त अवार्ड दिइएको हो।










