अर्थमन्त्रीले भने- हिउँदमा बिजुली आपूर्ति सहज बनाउन जलाशययुक्त आयोजना प्राथमिकतामा



बिजमाण्डू
२०८१ जेठ १६ गते १५:२८ | May 29, 2024
अर्थमन्त्रीले भने- हिउँदमा बिजुली आपूर्ति सहज बनाउन जलाशययुक्त आयोजना प्राथमिकतामा
अर्थमन्त्री वर्षमान पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले हिउँदमा विद्युत आपूर्तिको समस्या समाधानका लागि सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेकव बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार पत्रकार सम्मेलन गरी हिउँदको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता रहेकाले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखिएको बताए।

बजेटमा आगामी आर्थिक वर्ष १२०० मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने भनिएको छ।

‘१० हजार मेगावाट भारतमा निर्यात गर्न, बंगलादेशलाई बिजुली बेच्न र चीनसँग पनि उर्जा व्यापार गर्ने हिसाबले लगानी गर्दै छौं,’ मन्त्री पुनले भने।

सरकारले आगामी आर्थिक वर्ष ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ।