काठमाडौं। दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ। कालिका पावर र रसुवागढी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
कालिका पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। ७ लाख ९३ हजार ५०० कित्ता सेयर सूचीकृत भएसँगै कालिका पावरको चुक्ता पुँजी ८७ करोड २८ लाख ५० हजार रुपैयाँ पुगेको छ।
यस्तै, रसुवागढी हाइड्रोपावरको ६८ लाख ४२ हजार १०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यससँगै कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।










