लुयान इलेक्ट्रिक स्कुटरमा प्रि-मनसुन अफर, खरिदमा नगद ३० हजार छुटसँगै उपहार



बिजमाण्डू
२०८१ जेठ १२ गते ११:१९ | May 25, 2024
लुयान इलेक्ट्रिक स्कुटरमा प्रि-मनसुन अफर, खरिदमा नगद ३० हजार छुटसँगै उपहार

काठमाडौं। जिरो इमिसन राइड-एनले लुयान इलेक्ट्रिक स्कुटरको खरिदमा विशेष छुटको अफर ल्याएको छ।  चिनियाँ ब्राण्डको उक्त एस-सेभेन्टी प्रो स्कुटरको खरिदमा ग्राहकका लागि मूल्यमा नगद छुटसँगै उपहारको योजना सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाका तीन जिल्लासँगै प्रमुख सहरहरुमा डिलर राखेको बिक्रेता कम्पनीले ग्राहकलाई प्रि-मनसुन अफरमा मूल्यमा ३० हजार नगद छुटसँगै उपहारमा हेलमेट, रेनकोट र स्कुटर कभर दिने घोषणा गरेको हो।

यो योजना गत शुक्रबारदेखि चालु महिनाभित्र खरिद गरेमा पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ।  चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्री सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरुले प्राप्त गर्ने कम्पनीले जनाएको छ। साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइने अफरमा छ। खरिदमा फाइनान्सको सुविधा समेत पाउन सकिने जनाइएको छ।

लुयान ब्राण्डका स्कुटरमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको छ। जसका कारण स्कुटरको तान क्षमता वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटरभन्दा बढी हुन्छ। लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको छ। टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटरसम्म चलाउँदा पनि रिम र टायरमा असर नपर्ने कम्पनीको दाबी छ।

लुयानका स्कुटरहरुमा ओह्रालोमा चलाउँदा आफैं ब्याट्री चार्ज हुने, रि-जेनरेटिभ ब्रेकिङ सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त फिचर, कम्पोनेन्ट तथा फङ्सनहरु छन्।