राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त



बिजमाण्डू
२०८१ जेठ १० गते १२:०० | May 23, 2024
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाइएको थियो।

बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी १६ वर्षअघि बैंकमा ८औँ तहबाट प्रवेश गरेका थिए। यसबीचमा उनले शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए।

बैंकको बिहीबार बसेको संचालक समितिले चार वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।