डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनलको टिकट आइएमई पे एपमार्फत किन्न मिल्ने



बिजमाण्डू
२०८१ जेठ ४ गते १४:१५ | May 17, 2024
डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनलको टिकट आइएमई पे एपमार्फत किन्न मिल्ने

काठमाडौं। शनिबार धुलिखेलमा हुने डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ। टिकटको मूल्य ५०० रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

एलिट तथा ओपन वर्गमा हुने रेसका विजेताले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन्। दुवै वर्गका शीर्ष दाबेदारले एसर्बिस् रेसिङको उत्कृष्ट गियर जित्नेछन् ।

डर्ट बाइक रेसिङसँगै कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायत कलाकारले सांगितिक प्रस्तुति दिनेछन्।