काठमाडौं। प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सारिएको छ।
गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपबार छानबिनका लागि संसदीय समिति गठनका विषयमा राजनीतिक दलबीच सहमति नजुटेकाले शुक्रबार बिहान ११ बजेका लागि तय बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।
दलहरुबीच छलफल जारी रहेको तर सहमति जुट्न बाँकी रहेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ। कांग्रेसको अवरोधकैबीच सभामुख घिमिरेले कार्यसूची अगाडि बढाएपछि बिहिबारको बैठकमा तनाव उत्पन्न भएको थियो।
सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेपनि सहमति जुटेको छैन। विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुले छानबिन समिति गठनको सुनिश्चितताविना बैठक चल्न नदिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन्। उनले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएका हुन्।











