नबिल बैंकमा सीइओ ढुंगानाको कार्यकाल थप, आगामी २ वर्षका लागि पुनः नियुक्त



बिजमाण्डू
२०८१ जेठ ३ गते १२:०७ | May 16, 2024
नबिल बैंकमा सीइओ ढुंगानाको कार्यकाल थप, आगामी २ वर्षका लागि पुनः नियुक्त

काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ। बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई थप २ वर्षका लागि सीइओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

ढुंगानाको दुई वर्षे कार्यकाल असार १७ देखि लागू हुनेछ। यसअघि उनी २०७९ असार १७ गते २ वर्षका लागि नबिल बैंकको सीइओमा नियुक्त भएका थिए।

नेपाल बैंकर्स संघको अध्यक्ष समेत भइसकेका ढुंगानासँग २५ वर्ष बढीको बैंकिङ अनुभव छ। उनले नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको रूपमा समेत काम गरिसकेका छन्।