कामना सेवामा ‘भिडियो केवाईसी’ मार्फत खाता खोल्न सकिने, रेकर्ड गरेर विवरण अपलोड गर्न मिल्ने



बिजमाण्डू
२०८१ बैशाख २ गते ११:५४ | Apr 14, 2024
कामना सेवामा ‘भिडियो केवाईसी’ मार्फत खाता खोल्न सकिने, रेकर्ड गरेर विवरण अपलोड गर्न मिल्ने

काठमाडौं । कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाइन खाता खोल्न सकिने भएको छ। बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने ‘मोड्युल’ सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार उक्त मोड्युल सार्वजनिक भए सँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन। अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यस अघि नै गरिएको भए पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो।

प्रविधिको प्रयोग गर्दै आफ्नो सेवालाई थप परिष्कृत बनाउन बैंकले नयाँ सेवा थपेको हो। ग्राहकहरुले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सक्नेछन्।

विवरण रेकर्ड गरि अपलोड गरेपछि खाता संचालन गरिदिने गरेको बैंकले जनाएको छ। अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक जुनसुकै समयमा पनि गर्न सकिने बैंकले जनाएको छ।

अन्य बैंकहरुले समेत अनलाइन खाता खोल्न भिडियो केवाईसी सुविधा ल्याएको बेलामा कामना सेवा विकास बैंकले भने रेकर्डबाट विवरण अपलोन गर्न मिल्ने सुविधा थप गरेको हो।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म

www.digiaccount.kamanasewabank.com मार्फत खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ। बैंकले यो व्यवस्था सार्वजनिक गरेसँगै स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले आफु अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्ने भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै, बैंकले अनलाइन खाता खोल्ने प्रक्रियाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ। विवरणबारेको भिडियो बैंकको वेभसाइट र सामाजिक संजालमा राखिएको छ।

कामना सेवा विकास बैंकको हाल देशभर १३५ शाखा संजाल रहेको छ। ७७ वटा एटिएम र २२ शाखारहित बैंकिङ सेवाबाट बैंकले सेवा दिइरहेको छ।