उदयपुरको जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख बराबरका सामान बरामद



बिजमाण्डू
२०८१ बैशाख १ गते १३:१० | Apr 13, 2024
उदयपुरको जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख बराबरका सामान बरामद

गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका-४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो।

Tata
GBIME
Nepal Life

बरामद गरिएका सामानमा २० कार्टुन तेल, १० बोरा भुजिया, ६ बोरा हरियो मटर, ७ बोरा मसुरो दाल, ८ बोरा चिनीलगायत छन्। ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए। रासस