धुलिखेल अस्पतालमा ३२५ शय्या थपिंदै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउन निकालियो सूचना



बिजमाण्डू
२०८० चैत्र १९ गते १२:४५ | Apr 1, 2024
धुलिखेल अस्पतालमा ३२५ शय्या थपिंदै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउन निकालियो सूचना

काठमाडौं। धुलिखेल अस्पतालमा ३२५ शय्या थप गर्ने प्रक्रिया अगाडि बढाइएको छ। विस्तार गरी अस्पताल ८०० शय्याको बनाउन लागिएको हो।

Tata
GBIME
Nepal Life

अस्पताल विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न क्षेत्र निर्धारण सम्बन्धी सूचना निकालिएको छ। अस्पतालले सोमबार सूचना निकालेको हो।

दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू कक्षसहित अस्पताल ४८ महिनाभित्र विस्तार गर्ने भनिएको छ।

अस्पताल विस्तारका लागि जापान सरकारले करिब २ अर्ब ९५ करोड रुपैयाँ अनुदान दिंदैछ। अनुदान सहायता उपलब्ध गराउने विषयमा ६ महिनाअघि नै सम्झौता भइसकेको छ। अनुदान सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सशर्त अनुदानका रूपमा परिचालन गरिनेछ।