आयल निगमले बढायो पेट्रोलको भाउः प्रतिलिटर चार रुपैयाँ बढ्यो, अन्यमा मूल्य यथावत्



बिजमाण्डू
२०८० चैत्र १८ गते २०:३९ | Mar 31, 2024
आयल निगमले बढायो पेट्रोलको भाउः प्रतिलिटर चार रुपैयाँ बढ्यो, अन्यमा मूल्य यथावत्

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो। समायोजित मूल्य आइतबार रातिदेखि लागू हुनेछ। 

Tata
GBIME
Nepal Life

अन्य पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनले निगमलाई पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा भाउ बढेर आएको छ। यस्तै, डिजेल र मट्टीतेलमा ३९ पैसा र हवाइ इन्धनमा ३८ पैसा भाउ घटेर आएको छ। एलपी ग्यासमा २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आए पनि भाउ यथावत् राखिएको छ। 

समायोजित नयाँ मूल्य सूची अनुसार अब पेट्रोल १७२ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो वर्गमा १७४ र तेस्रोमा १७५ रुपैयाँमा कारोबार हुनेछ।