उपत्यकामा पेट्रोलियम पदार्थ अभाव, निगम र व्यवसायीको मिलेमतोमा भारतबाटै कम तेल



बिजमाण्डू
२०६९ चैत्र २३ गते ००:०० | Apr 5, 2013

काठमाडौं । उपत्यकाको सबै निजी पेट्रोल पम्प शुक्रवार बन्द छ । तेल अभाव भएकोले सबै पम्प बन्द भएका हुन् । तेल खोज्ने उपभोक्ताले बुधवारदेखिनै सहज रुपमा पाउन सकेका छैनन् । सरकारले जारी गरेको पेट्रोलियम पदार्थ तथा ग्यास कारोबार नियमन आदेशको खारेजीको आन्दोलनमा उत्रिएका व्यवसायी र आयल निगमका कर्मचारीको मिलेमतोमा एक साता अघिदेखिनै तेल कम ल्याउन थालिएको हो । मिलेमतोमा तेल कम ल्याएर नियमन आदेश खारेजीको लागि नैतिक दबाब सिर्जना गरिएको थियो ।
‘भारतबाटै तेल कम आएकोले उपत्यका लगायत मुलुकभर अभाव सिर्जना भइसकेको छ,’ निगमका एक कर्मचारीले भने, ‘अभाव सिर्जना गरेर उपभोक्तालाई बन्धक बनाउने काममा निगमकै उच्च अधिकारी पनि सहभागी भएका छन् ।’ थानकोट डिपोले विहिवार स्टक कम भएको भन्दै न्यून तेल वितरण गरेको थियो । डिपोले शुक्रवार साढे चार लाख लिटर पेट्रोल वितरण गर्नेछ ।‘हामीले शुक्रवार सबै पम्पलाई तेल दिँदैछौ । यसले केही भएपनि अभाव कम हुनेछ,’ डिपो प्रमुख वीरेन्द्र गोइतले भने । स्रोतका अनुसार थानकोट डिपोमा दुई धान्ने पनि पेट्रोल छैन ।

Tata
GBIME
Nepal Life