हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवामा स्थानान्तरण, बिहिबारदेखि सेवा सञ्चालन



बिजमाण्डू
२०८० चैत्र १ गते १५:४२ | Mar 14, 2024
हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवामा स्थानान्तरण, बिहिबारदेखि सेवा सञ्चालन

काठमाडौं। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालमध्ये इटहरी शाखा-२ लाई स्थानान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले इटहरी शाखा-२ लाई बिहिबार इनरुवा नगरपालिका-१ मा स्थानान्तरण गरेको हो। नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयकी निर्देशक इन्द्र चाम्लागाईं मैनालीले शाखा उद्‍घाटन गरिन्।

समारोहमा इनरुवाका प्रमुख, उप प्रमुख लगायत उपिस्थत थिए।

स्थानान्तरण गरिएको ठाउँबाट बिहिबार नै सेवा दिन सुरु गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ। बैंकसँग देशभर १७४ वटा शाखा छन्।