काठमाडौं। आरएमसी सिमेन्टको व्यापार १७ करोड २० लाख रुपैयाँले घटेको छ। निर्माण उद्योगमा छाएको मन्दीले कम्पनीको कारोबार घटेको देखिन्छ। सन् २०२२/२३ मा कम्पनीले ७१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ८९ करोड रुपैयाँको कारोबार गरेको थियो।
यस्तै, २०२०/२१ मा ३३ करोड ७० लाख, २०१९/२० मा ८१ करोड ९० लाख र २०१८/१९ मा १ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले सिमेन्ट ग्राइन्डिङ युनिट सञ्चालन गरिरहेको छ। जसको क्षमता वार्षिक २ लाख टन हो। कम्पनीले पीएससी र ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ।
कम्पनीमा श्रवण अग्रवाल र उनका दूई छोराहरु राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको स्वामित्व छ।
कम्पनीले ६० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।










