टाटा टिपर एक्सचेञ्ज क्याम्प धादिङको धार्केमा भोलिदेखि, जुनसुकै ब्राण्डका टिपर साटिने



बिजमाण्डू
२०८० फागुन २१ गते ११:५५ | Mar 4, 2024
टाटा टिपर एक्सचेञ्ज क्याम्प धादिङको धार्केमा भोलिदेखि, जुनसुकै ब्राण्डका टिपर साटिने

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कमर्सियल गाडीहरुलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प गर्न लागेको छ।

Tata
GBIME
Nepal Life

सिप्रदी ट्रेडिङले मंगलबार र बुधबार धादिङको धार्केमा टाटा टिपर एक्सचेञ्ज क्याम्प गर्न लागेको हो। कम्पनीले धार्केस्थित आफ्नो सर्भिस सेन्टरमा क्याम्प गर्न लागेको जनाएको छ।

कम्पनीका अनुसार, एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरसँग टाटा एसके १६१३ र टाटा एलपीके २५२३ टिपर साट्न सकिनेछ।

टाटा एसके १६१३ र एलपीके २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकले आकर्षक बोनस र उपहार पाउने कम्पनीले जनाएको छ।