‘राइड एण्ड भाइव’ थिममा रोयल इनफिल्डको हन्टर कार्निभल, १२०० जना सहभागी



बिजमाण्डू
२०८० फागुन १३ गते १५:३९ | Feb 25, 2024
‘राइड एण्ड भाइव’ थिममा रोयल इनफिल्डको हन्टर कार्निभल, १२०० जना सहभागी

काठमाडौं। रोयल इनफिल्डले हन्टर कार्निभल ‘राइड एण्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हालसालै नेपाली बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर शंखमुलमा गरेको थियो।

सो क्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जीएमए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फर्मेन्स् लगायत कार्यक्रमहरु भएको थियो। कार्यक्रममा १ हजार २०० जना सहभागी भएका थिए।

रोयल इनफिल्ड ‘हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसन’मा सञ्‍जय बुदाथोकी प्रथम, राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठ तेस्रो भएका छन्। उनीहरूले मेडल, सर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ ज्याकेट, हेल्मेट लगायत उपहार पाएका छन्।