काठमाडौं । हिमालयन र इन्स्योरेन्सले वार्षिक साधारण सभा फागुनमा गर्ने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले फागुन २० मा तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।
कम्पनीले साधारण सभामा ५ वटा सामान्य प्रस्ताव र ६ वटा विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने जनाएको छ।
साधारण सभाबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतका दरले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरि कूल ४.२१ प्रतिशत लाभांश वितरण स्वीकृत गर्ने प्रस्ताव छ।
यस्तै, सभाले ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने एजेण्डा पनि छ। कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्तावसमेत गरिएको छ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने, चालु वर्षको असार मसान्तसम्मको वित्तीय विवरण र नाफा नोक्सान लगायत विवरणमाथि छलफल गरेर पारित गर्ने प्रस्ताव पनि राखिएको छ।










