स्टार्टअप उद्यमीलाई कर्जा लिने अवसर, परियोजना प्रस्ताव पेस गर्न प्रतिष्ठानले गर्‍यो आह्वान



बिजमाण्डू
२०८० माघ १९ गते ०९:११ | Feb 2, 2024
स्टार्टअप उद्यमीलाई कर्जा लिने अवसर, परियोजना प्रस्ताव पेस गर्न प्रतिष्ठानले गर्‍यो आह्वान

काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्‍वान गरेको छ। प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आह्‍वान गरेको हो।

Tata
GBIME
Nepal Life

स्टार्टअप उद्यम कर्जा सञ्‍चालन कार्यविधि, २०८० बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन सक्ने सूचनामा भनिएको छ।

कर्जा लिन इच्छुक उद्यमीहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नु प्रतिष्ठानले आह्‍वान गरेको छ।

परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा उपलब्ध रहेक सूचनामा उल्लेख छ।