विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीचको कुटपिटबारे छानबिन गर्न समिति गठन



बिजमाण्डू
२०८० माघ १२ गते १९:३९ | Jan 26, 2024
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीचको कुटपिटबारे छानबिन गर्न समिति गठन

काठमाडौं। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको कुटपिटबारे छानबिन गर्न समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरकेो हो। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्‍तिमा भनिएको छ, ‘यस सम्बन्धमा आवश्यक छानविन गरी ३ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न समिति गठन गरिएको छ।’

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य छन्। समितिलाई छानबिन गरी ३ दिनभित्र राय सहितको प्रतिवेदन पेस गर्न भनिएको छ।