६ महिनामा १२ अर्ब ७३ करोडको इभी आयात, पुसमा मात्रै १ हजार ४२१ युनिट



बिजमाण्डू
२०८० माघ ७ गते १२:२४ | Jan 21, 2024
६ महिनामा १२ अर्ब ७३ करोडको इभी आयात, पुसमा मात्रै १ हजार ४२१ युनिट

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्ममा १२ अर्ब ७३ करोड बराबरको ५ हजार १७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

Tata
GBIME
Nepal Life

आइतबार भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५ हजार १०० युनिट इभी गाडी आयात भएका हुन्।

१२ अर्ब ७३ करोड रुपैयाँको इभी आयात हुँदा सरकारले ५ अर्ब ७६ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ। पुस महिनामा मात्रै १ हजार ४२१ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ।

पछिल्लो समय इभीको आयात सरकारले सोचेभन्दा धेरै भइरहेको छ। सरकारले इभी आयात कम हुने अनुमान गरेर करमा सहुलियत प्रदान गरेको थियो। तर, अहिले अटोमा इभी ‘मेन स्ट्रिम’ बनेको छ।

सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात भएको देखिन्छ। चीनबाट बीवाइडी, एमजी, सेरेस, ग्रेटवाल, नेटा भी जस्ता धेरै ब्रान्ड नेपाल भित्रिने गरेका छन्। ६ महिनामा चीनबाट मात्रै ३ हजार १२१ युनिट इभी आयात भएको विभागले जनाएको छ।

यस्तै दोस्रोमा भारत बाट धेरै इभी नेपाल भित्रिएको देखिएको छ। टाटा, सिट्रोन लगायतका १ हजार ९२२ युनिट इभी भारतबाट आयात भएका छन्।

यसैगरी कोरियाबाट ३९ युनिट, जर्मनीबाट ५ युनिट, इन्डोनेसिया १७ युनिट र अमेरिकाबाट ३ युनिट इभी आयात भएका छन्।