सोल्टीको चिनियाँ रेष्‍टुरेन्ट ‘बाओ ज्वान’मा नयाँ मेनु, अधिकांश परिकार सिचुवान प्रान्त केन्द्रित



बिजमाण्डू
२०८० माघ २ गते १६:२९ | Jan 16, 2024
सोल्टीको चिनियाँ रेष्‍टुरेन्ट ‘बाओ ज्वान’मा नयाँ मेनु, अधिकांश परिकार सिचुवान प्रान्त केन्द्रित
सोल्टी होटलको चाइनिज रेष्‍टुरेन्ट 'बाओ ज्वान'मा पाइने परिकार

काठमाडौं। सोल्टी होटलको चाइनिज रेष्‍टुरेन्ट ‘बाओ ज्वान’मा नयाँ मेनु सुरु गरिएको छ।  थप भिन्न चिनियाँ स्वाद पस्कने उद्देश्यले नयाँ मेनु सार्वजनिक गरिएको होटलले जनाएको छ।

Tata
GBIME
Nepal Life

‘यसअघिको परिकारसँगै थप नयाँ स्वाद पस्कने उद्देश्यले मेनु थपेका हौं। सेफ पनि नयाँ आउनुभएको छ,’ होटलकी मार्केटिङ एन्ड कम्युनिकेसन एक्जिक्युटिभ शशी खतिवडाले भनिन् ,’हामीले पाहुनाको माग अनुसार मेनु तयार गरेका छौं।’

यो रेष्‍टुरेन्टको सेफमा राजु प्रधान नियुक्त भएका छन्। उनी १७ वर्षयता चिनियाँ परिकार बनाउने काममा संलग्न छन्। उनले आफू सोल्टीमा आएसँगै ५८ वटा परिकारको  मेनु तयार पारेका हुन्।

सोल्टी होटलको चाइनिज रेष्‍टुरेन्ट ‘बाओ ज्वान’मा पाइने परिकार

रेष्‍टुरेन्टमा न्यूनतम १ हजार १ सयदेखि अधिकतम ६ हजार ५ सय रुपैयाँसम्मका चिनियाँ परिकारको सेवा लिन सकिने छ। सबै परिकार अजिनोमोटोरहित हुने होटलको दाबी छ।

सोल्टी होटलको चाइनिज रेष्‍टुरेन्ट ‘बाओ ज्वान’मा पाइने परिकार

मेनुमा सिचुवान प्रान्त केन्द्रित परिकार मात्र समावेश छन्। यसअघि होनान र क्यान्तोनीमा रुचाइने खाना पनि पाइन्थ्यो। ८५ जना ग्राहक क्षमताको रेष्‍टुरेन्टले साँझ ७:०० देखि १०:४५ बजेसम्म सेवा दिंदै आएको छ।