यू-१९ विश्वकपअघि नेपाली टोलीले वेस्ट इण्डिजसँग अन्तिम अभ्यास खेल खेल्दै



बिजमाण्डू
२०८० माघ २ गते ११:३९ | Jan 16, 2024
यू-१९ विश्वकपअघि नेपाली टोलीले वेस्ट इण्डिजसँग अन्तिम अभ्यास खेल खेल्दै
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य

१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ। दक्षिण अफ्रिकामा यू-१९ विश्वकपअघि अन्तिम अभ्यास खेलमा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

खेल दिउँसो पौने २ बजे जोआनबर्गस्थित सेन्ट स्टिथिनस मेन ओभलमा हुनेछ। नेपालले यसअघि दुई अनअफिसियल र एउटा अफसियल वार्मअप म्याच खेलेको थियो। ती सबै खेलमा नेपाल विजयी भएको थियो।

नेपाल र वेस्ट इण्डिज यसअघि सन् २००८ मा आमनेसामने भएका थिए। मलेसियामा सम्पन्न यू-१९ विश्वकपमा पारस खड्काको कप्तानीमा नेपाल वेस्ट इण्डिजसँग ७ विकेटले पराजित भएको थियो।

विश्वकपमा भने नेपालले पहिलो खेल आइतबार न्युजिल्याण्डविरुद्ध खेल्दै छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपाल र न्युजिल्याण्डका अलावा अफगानिस्तान र पाकिस्तान छन्।