टेलिकमको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित



बिजमाण्डू
२०८० पुष २९ गते १६:१३ | Jan 14, 2024
टेलिकमको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित
टेलिकमको साधारण सभा उद्‍घाटन गर्दै कम्पनीका अध्यक्ष रामकृष्ण सुवेदी

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले ६ औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आइतबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारण सभाले पारित गरेसँगै लाभांश अब केही दिनमा सेयरधनीको बैंक खातामा जम्मा हुनेछ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन्।

साधारण सभाले सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची पनि सर्वसम्मतरुपमा पारित गरेको छ।