काठमाडौं । सुप्रिम डेभलपमेन्ट बैंक र नेपाल टेलिकम तथा एनसेलको एजेन्ट कन्टिनेन्टल मार्केटिङ प्रालिवीच ल्यान्डलाइन टेलिफोन र मोबाइल विल भुक्तानी सम्झौंता भएको छ । सम्झौंतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाल र कन्टिनेन्टल मार्केटिङका प्रवन्धक बबी शर्माले हस्ताक्षर गरे । सम्झौंतापछि उपभोक्ताले बैंकका १४ वटै शाखाबाट नेपाल टेलिकम र एनसेलका सम्पूर्ण मोबाइल र टेलिफोन विल भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।










