काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड लिमिटेडको सेयर रजिष्ट्रारमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । अब अपर तामाकोशीको सेयर सम्बन्धी सबै काम एनसिएमले गर्ने छ ।
.jpg)
अपर तामाकोशी र एनसिएमबीच शुक्रबार सेयर रजिष्ट्रार सम्बन्धी संझौतामा हस्ताक्षर भएको हो । कम्पनीका तर्फबाट आयोजना प्रमुख बिज्ञान प्रसाद श्रेष्ठ तथा एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठले संझौतामा हस्ताक्षर गरेका हुन् ।










