काठमाडौं । खुल्लामञ्चमा संचालित खुल्ला बजार भृकुटीमण्डपमा स्थान्तरण गरिएको आज ३२ वर्ष पुगेको छ। त्यसैको उपलक्ष्यमा आज काठमाडौं निम्न व्यपारी संघले ३२ औं स्थापना दिवस मनाएका छन्।
खुल्ला बजार स्थापना भएको ३२ औं वर्षको उपल्क्ष्यमा भृकुटीमण्डपमै रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ।

कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले गरेका थिए। भृकुटीमण्डपमा संचालित खुल्ला बजार रहेको जग्गा मन्त्रालय अन्तर्गत समाज कल्याण परिषद मातहतमा पर्छ।














