घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयरमा पुस १६ सम्म आवदेन दिन सकिने



बिजमाण्डू
२०८० पुष १ गते १०:३४ | Dec 17, 2023
घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयरमा पुस १६ सम्म आवदेन दिन सकिने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद बिक्रीको अवधि थप गरेको छ। कम्पनीले पुस १६ गते सम्म हकप्रद निष्काशन तथा बिक्रीको मिति थप गरेको हो।

Tata
GBIME
Nepal Life

मंसिर १० गतेदेखि पुस १ गतेसम्म बिक्रीका लागि राखिएको सो हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपश्चात कम्पनीले समय थप गरेको हो।

कम्पनीले कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुका लागि १ बराबर २ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले  १ करोड १० लाख कित्ता  हकप्रद सेयर निष्काशन गरेको छ।

सिडिएससीका अनुसार हालसम्म कम्पनीको हकप्रदमा २३ हजार ८२१ जना लगानीकर्ताहरुबाट ४८ लाख ६२ हजार ३३० कित्ताका लागि आवेदन परेको छ।