जुत्ताभित्र आधा किलो सुन लुकाएर वीरगंजबाट काठमाडौं आउँदै थिए साह, हेटौंडाबाट पक्राउ



बिजमाण्डू
२०८० मंसिर २९ गते १२:५९ | Dec 15, 2023
जुत्ताभित्र आधा किलो सुन लुकाएर वीरगंजबाट काठमाडौं आउँदै थिए साह, हेटौंडाबाट पक्राउ

काठमाडौं । आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।

चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।