एसिया कपबाट बाहिरिएपछि कप्तान खनालको स्वीकारोक्ति, ‘ब्याटिङमा कोल्याप्स्ड हुन पुग्यौं’



बिजमाण्डू
२०८० मंसिर २६ गते १५:३७ | Dec 12, 2023
एसिया कपबाट बाहिरिएपछि कप्तान खनालको स्वीकारोक्ति, ‘ब्याटिङमा कोल्याप्स्ड हुन पुग्यौं’
तस्बिर: क्यान

काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले अब अर्को महिना हुने विश्वकपमा केन्द्रित हुने बताएका छन्।

Tata
GBIME
Nepal Life

भारतसँगको हार पछिको पोस्टम्याच प्रेजेन्टेसनमा उनले अब विश्वकपमा केन्द्रित हुने बताएका हुन्। उनले आजको खेलमा भारत हाबी भएको तर धेरै कुरा सिकेको बताए।

‘भारतीय खेलाडी खेलमा हाबी भए। धेरै चिन्ता लिनुपर्ने केही छैन। हामीलाई हाम्रो पोटेन्सियल थाहा छ,’ उनले भने, ‘ब्याटिङमा कोल्याप्स्ड हुन पुग्यौं। यसअघि हामीले राम्रो खेलेका थियौं।’

उनले बिहानको मौसमको हिसाबले पहिलो इनिङ्सका लागि फास्ट बलरलाई उपयुक्त रहेकाले आफू पनि टस जितेको खण्डमा बलिङ गर्ने योजनामा भएको सुनाए।

‘सुरुमा फास्ट बलरलाई उपयुक्त पिच थियो। टस जितेको भए हामीले पनि बलिङ गर्ने थियौं,’ खनालले भने, ‘आज टफ डे थियो। विश्वकपअघि घर गएर राम्रो तयारी गरेर फर्कनेछौं। विश्वकप अघि गर्नुपर्ने धेरै काम बाँकी छन्।’

भारतका कप्तान उदय सहरनले योजना अनुसार नै खेलेको भन्दै बलर आरध्य शुक्ला र राज लिम्बानीको प्रशंसा गरे। लिम्बानीले मात्र १३ रन खर्चिएर ७ विकेट लिएका थिए।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान, दोस्रो खेलमा अफगानिस्तान र तेस्रो खेलमा भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अर्को महिना दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ।