टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल, को को छन् प्लेइङ ११ मा ?



बिजमाण्डू
२०८० मंसिर २६ गते ११:१८ | Dec 12, 2023
टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल, को को छन् प्लेइङ ११ मा ?

काठमाडौं । नेपाली यू १९ क्रिकेट टोलीले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। यू १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को खेलमा भारतका कप्तान उदय सहरनले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
Nepal Life

नेपालले समूह चरणमा यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ। यसअघिको खेलमा अफगानिस्तानसँग ७३ रनको हार ब्यहोरेको नेपालले त्यसअघि पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको थियो।

त्यस्तै अघिल्लो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको भारतले त्यसअघि अफगानिस्तानलाई ७ विकेटले हराएको थियो। आजको खेलमा फराकिलो जित निकालेको खण्डमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ।

यू १९ एसिया कपमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल छन्। त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

अघिल्लो खेलमा अफगानिस्तानविरुद्ध खेलेका विपिन रावल र आकाश त्रिपाठी बेन्चमा रहँदा दीपक डुम्रे र दिपक बोहोराले टोलीमा स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, आकाश चन्द, सुवास भण्डारी, दीपक बोहोरा, गुल्सनकुमार झा, उत्तम थापा मगर, दिपक बोहोरा