काठमाडौं। पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेको छ। १३ मध्ये ८ उपसमूहले नेप्से बढाएर नेप्से १८४१.०४ विन्दुमा पुर्याएका हुन्।
जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले घटेको छ।
ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्किट लागेर बढेको छ। उक्त लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रति कित्ता ७८ रुपैयाँले बढेको हो।
विजय लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य भने सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने १ अर्ब १४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। मंगलबार डेढ अर्बको सेयर किनबेच भएको थियो।










