एनआईसी एसिया बैंकले प्रिमियम दर ३%मा झार्‍यो, कर्जाको अधिकतम ब्याजदर १३.७%



बिजमाण्डू
२०८० मंसिर १७ गते १९:१२ | Dec 3, 2023
एनआईसी एसिया बैंकले प्रिमियम दर ३%मा झार्‍यो, कर्जाको अधिकतम ब्याजदर १३.७%

काठमाडौं। बजारमा कर्जाको माग अपेक्षितरुपमा नबढेपछि एनआईसी एसिया बैंकले प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ। यसअघि ३ प्रतिशतभन्दा बढी कायम भएका कर्जाको प्रिमियम दर पनि ३ प्रतिशतमा झारिएको छ।

Tata
GBIME
Nepal Life

मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ। जसअनुसार बैंकका ऋणीका लागि कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम भएको छ।

बैंकको मंसीर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकाले त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको हो।

नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक घर, व्यवसाय, सवारी, शेयर लगायत सम्पूर्ण कर्जामा लागू हुने बैंकले जनाएको छ।

‘आर्थिक गतिविधि संकुचन भइरहेको समयमा ग्राहकमा परेको आर्थिक भार कम गर्न यस सहुलियतबाट सहुलियत पुग्ने विश्‍वास छ,’ बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा भनिएको छ।