महाधिवेशनको २ वर्षपछि देउवाले मनोनित गरे सहकारी विभाग प्रमुख, कँडेलले पाए जिम्मेवारी



बिजमाण्डू
२०८० मंसिर १ गते १४:३० | Nov 17, 2023
महाधिवेशनको २ वर्षपछि देउवाले मनोनित गरे सहकारी विभाग प्रमुख, कँडेलले पाए जिम्मेवारी

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍औं महाधिवेशनको २ वर्षपछि पार्टीको सहकारी विभाग प्रमुख मनोनित गरेका छन्।

Tata
GBIME
Nepal Life

देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई सहकारी विभाग प्रमुखमा मनोनयन गरेका हुन्। कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्ने उल्लेख छ। कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर अन्तिम साता भएको थियो।

तर देउवाले विधान अनुसार अधिकांश विभाग गठन नै गरेका छैनन्। गठन गरिएका १७ विभागमा पनि प्रमुख मात्र मनोनयन गरेका छन्। सदस्यहरुको अत्तोपत्तो छैन।

विधानमा ४८ विभाग गठनको व्यवस्था रहेकामा साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्‍वप्रकाश शर्माको प्रस्तावमा विभाग संख्या ७० पुर्‍याउने निर्णय गरेको थियो। संख्या बढाउन भूमिका निर्वाह गरेका थापा र शर्माले विभाग गठनमा आफ्नो उपस्थिति देखाउन सकेका छैनन्।

कांग्रेसले अहिलेसम्म कोषाध्यक्षसमेत चयन गर्न सकेको छैन। केन्द्रीय सदस्यहरुमध्येबाट कोषाध्यक्ष छान्ने व्यवस्था विधानमा छ।