भूकम्पले ९३७ घरमा पूर्ण क्षति, जाजरकोटका मात्रै ९०५ वटा, रुकुम पश्‍चिमको विवरण आउन बाँकी



बिजमाण्डू
२०८० कात्तिक १९ गते १८:२५ | Nov 5, 2023
भूकम्पले ९३७ घरमा पूर्ण क्षति, जाजरकोटका मात्रै ९०५ वटा, रुकुम पश्‍चिमको विवरण आउन बाँकी

काठमाडौं। शुक्रबार रातिको भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये ९०७ वटा जाजरकोटका हुन्।

Tata
GBIME
Nepal Life

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो भने ११२ जना घाइते भएका थिए।

सल्यानमा २५, रुकुमपूर्वमा ५ तथा दैलेख र बैतडीमा १/१ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। शाखाले उपलब्ध गराएको विवरणमा रुकुम पश्‍चिमको तथ्यांक छैन। रुकुम पश्‍चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएको थियो भने १३२ जना घाइते भएका थिए।

मन्त्रालयका अनुसार भूकम्पले २ हजार ९५४ घरमा आंशिक क्षति भएको छ। तीमध्ये २ हजार ६८५ घर जाजरकोटका हुन्। रुकुमपूर्वमा ११८, सल्यानमा ९७ र प्युठानमा २९ घरमा आंशिक क्षति पुगेको छ। मन्त्रालयका अनुसार भूकम्पले ११ जिल्ला प्रभावित भएका छन्।