तारा एयरका दुई पाइलटको झगडामा रामेछाप विमानस्थल प्रमुख थापा निलम्बित



बिजमाण्डू
२०८० कात्तिक १७ गते १२:३३ | Nov 3, 2023
तारा एयरका दुई पाइलटको झगडामा रामेछाप विमानस्थल प्रमुख थापा निलम्बित
रामेछाप विमानस्थल

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका दुई पाइलटबीचको झगडामा रामेछाप विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले विमानस्थल प्रमुख अशोक थापालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको हो। थापाले घटनाबारे तत्कालै जानकारी नगराएकाले निलम्बन गरेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

शुक्रबार बिहान ८:०० बजे लुक्लाबाट रामेछाप उडान गरेका र रामेछापबाट लुक्ला उडान गर्ने तयारीमा रहेका तारा एयरका दुई पाइलटले रामेछाप विमानस्थलमा झगडा गरेका थिए।