आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना



बिजमाण्डू
२०८० कात्तिक १७ गते ०६:२० | Nov 3, 2023
आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

Tata
GBIME
Nepal Life

आज दिउँसो पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राती पनि पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।