नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको ६ लाख ७६ हजार रुपैयाँ खर्च, २९% भुर्तेललाई



बिजमाण्डू
२०८० कात्तिक १३ गते १६:२६ | Oct 30, 2023
नेपालले सिंगापुरलाई हराउँदा अर्ना बियरको ६ लाख ७६ हजार रुपैयाँ खर्च, २९% भुर्तेललाई
तस्वीर: नेपाल क्रिकेट संघ

काठमाडौं। टी-२० विश्‍वकपको एसिया छनोट अन्तर्गत नेपालले सिंगापुरमाथि ८ विकेटको सहज जित निकाल्दै सुखद सुरुवात गर्दा नेपाली खेलाडीसँगै अर्ना बियर पनि चर्चामा छ।

Tata
GBIME
Nepal Life

अर्ना बियर चर्चामा रहनुको कारण हो, उसले घोषणा गरेको पुरस्कार रकम। उसले खेलको पूर्वसन्ध्यामा पुरस्कार राशी घोषणा गरेको थियो।

हरेक रनबापत १ हजार, हरेक चौकाबापत १० हजार र हरेक छक्काबापत २० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको अर्ना बियरले नेपाली खेलाडीलाई हरेक डट बलबापत १ हजार, मेडन ओभरबापत १० हजार र विकेटबापत २५ हजार रुपैयाँ दिने बताएको छ।

जसअनुसार सिंगापुरमाथि नेपालको पहिलो जितमा अर्ना बियरको ६ लाख ७६ हजार रुपैयाँ खर्च हुने देखिन्छ। त्यो रकम ९ खेलाडीले उनीहरुले गरेको प्रदर्शनका आधारमा पाउनेछन्।

घोषित पुरस्कार रकमसंख्यादिनुपर्ने जम्मा रकम(रुपैयाँमा)
प्रत्येक छक्काबापतको रकम २० हजार१ लाख २० हजार
प्रत्येक चौकाबापतको रकम १० हजार१२१ लाख २० हजार
हरेक रनबापतको रकम १ हजार१४२१ लाख ४२ हजार
डटबलबापतको रकम १ हजार५९५९ हजार
मेडन ओभरबापतको रकम १० हजार१० हजार
हरेक विकेटबापतको रकम २५ हजार२ लाख २५ हजार
कुल रकम६ लाख ७६ हजार

पहिलो दिन धेरै कमाउनेमा भुर्तेल

सिंगापुरलाई हराउने क्रममा नेपाली खेलाडीले ६ छक्का र १२ चौकासहित १४७ रन बनाएका थिए। त्यसमध्ये ५ रन अतिरिक्त हो। यसबाहेक खेलाडीले ५९ डटबलबापत ५९ हजार, १ मेडन ओभरबापत १० हजार र ९ विकेटबापत २ लाख २५ हजार रुपैयाँ पाउनेछन्।

सिंगापुरमाथि नेपालको जितमा अर्ना बियरबाट सबैभन्दा धेरै पुरस्कार रकम कुशल भुर्तेलले पाउने भएका छन्। उनले १ लाख ९४ हजार रुपैयाँ पाउने भएका हुन्। यो रकम टोलीका सबै सदस्यले पाउने रकमको २९ प्रतिशत हो। खेलमा उनले २ छक्का र ८ चौकासहित ७४ रन बनाएका थिए।

कुशल भुर्तेलदरप्राप्‍त गर्ने कुल रकम
कुल रन७४१,०००७४ हजार
चौका१०,०००८० हजार
छक्का२०,०००४० हजार
कुल रकम१ लाख ९४ हजार

यस्तै रोहित पौडेलले ९५ हजार, अभिनाश बोहराले ९४ हजार, आशिफ शेखले ६७ हजार, गुल्सन झा र सन्दीप लामिछानेले समान ६३ हजार, करण केसीले ६१ हजार, कुशल मल्लले २६ हजार र सोमपाल कामीले १३ हजार रुपैयाँ प्राप्‍त गर्नेछन्।

रोहितले २ छक्का र २ चौकासहित ३५ तथा आशिफले १ छक्का र २ चौकासहित २७ रन जोडेका थिए। मात्र १ बल खेलेका कुशलले छक्का प्रहार गरेका थिए। यस्तै अभिनाशले ३, सन्दीप, गुल्सन र करणले २/२ विकेट लिएका थिए।

नेपाली ब्याटरले पाउने रकम

खेलाडीरनछक्काचौकाप्राप्‍त हुने रकम
कुशल भुर्तेल७४१ लाख ९४ हजार
आशिफ शेख२७६७ हजार
रोहितकुमार पौडेल३५९५ हजार
कुशल मल्ल२६ हजार

नेपाली बलरले पाउने रकम

खेलाडीविकेटडटबलमेडनप्राप्‍त हुने रकम
अभिनास बोहरा९४ हजार
करण केसी११६१ हजार
सन्दीप लामिछाने१३६३ हजार
गुल्सन झा१३६३ हजार
सोमपाल कामी१३१३ हजार

अर्नाले पुरस्कार रकम घोषणा गरेको यो पहिलो पटक होइन। नेपालले एसिया कप खेल्दा समेत उसले यसरी नै विभिन्न मोमेन्टका लागि पुरस्कार रकम घोषणा गरेको थियो। त्यसबेला उसले हरेक छक्का र विकेटका लागि १ लाख तथा चौकाका लागि २५ हजार रुपैयाँ दिएको थियो।